News Portal

  • मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता७ असोज, २०८२
    १६५ पटक
    ७ असोज, २०८२

    काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । कम्पनीको आज असोज ७ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफा तथा वित्तीय विवरणको आधारमा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

    कम्पनीको सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

    प्रतिकृया दिनुहोस्