आर्थीकसंसार संवाददाता६ असोज, २०८२
६ असोज, २०८२काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् ।
राष्ट्रपति भवन शितलनिवासमा मन्त्रीको शपथग्रहण गरेपछि उनी केशरमहलस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयमा क्षति भएपछि नयाँ शिक्षामन्त्रीको कार्यकक्ष केशर महलमा बनाइएको हो ।
मन्त्री पुनले शपथग्रहणपछि सञ्चारकर्मीहरूसँगको प्रतिक्रियामा तत्कालै खास योजना केही नरहेको बताएका थिए।
पुनसँगै आज अन्य तीन मन्त्रीले पनि पदभार ग्रहण गरेका थिए ।




