News Portal

  • नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सको आठौं वार्षिक सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता५ असोज, २०८२
    ४२ पटक
    ५ असोज, २०८२

    काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  कम्पनीका अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

    प्रबन्ध सञ्चालक रमेश कुमार भट्टराईले कम्पनीको उद्देश्य परिवर्तन र सर्वसाधारणमा सेयर जारी गर्नु पर्ने आवश्यकताका बारेमा प्रकाश पारेका थिए ।

    अध्यक्ष शाहले मन्तव्य प्रस्तुत गर्दै नेक्सजेन म्यानेजमेन्टको विगत, वर्तमान अवस्था, भावी रणनीति तथा कार्यक्रमको बारेमा जानकारी गराए ।

    null

     

     

    साधारण सभामा संस्थापकहरू रामकृष्ण पौडेल, श्रीचन्द्र भट्ट, बलराम विष्ट, सुरेश सापकोटा तथा आमन्त्रीत मनोरञ्जन रमण शर्मा र  विजय बहादुर शाहले  कम्पनीको बारेमा विभिन्न जिज्ञासा राखेका थिए ।

     

     

    सभाले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय प्रतिवेदन पारित गर्ने, कम्पनीको उद्देश्यमा थप व्यवस्था गर्ने र आव २०८२/०८३ को लागि लेखा परीक्षकको नियुक्ति पारित गरेको थियो ।

    त्यसैगरी, जारी तथा चुक्ता पूँजी ५० करोड पुर्याउने क्रममा प्रिमियममा थप संस्थापक सेयर बिक्री गर्न, ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न तथा सहायक कम्पनी एग्रो डेभलपमेन्ट फण्ड लिमिटेडमा गरेको लगानी समेत सभावाट सर्वसम्मतले अनुमोदन भएको छ ।

    नेक्सजेन म्यानेजमेन्ट २०७५ सालमा स्थापना भएको  हो । यो कम्पनी विगत ६ वर्षदेखि निरन्तर खुद मुनाफामा रहेको छ ।

    प्रतिकृया दिनुहोस्