आर्थीकसंसार संवाददाता३ असोज, २०८२

काठमाडौं । कुमारी बैंक लिमिटेडले १ हजार ३२२ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापकम शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि बैंक समक्ष निवेदन पेश गरेअनुसार बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बैंकले शेयर बिक्रीमा ल्याएको हो ।
शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ ।
शेयरको बिक्रीमूल्य भने शेयर बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ। बैंकले तोकिएको यस समयभित्र बैंकका संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा सो शेयर अन्य सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ ।