Skip

News Portal

  • दावी भुक्तानी प्रक्रिया शीघ्रताका साथ अघि बढाइने निर्जीवन बीमा संघको प्रतिबद्धता

    आर्थीकसंसार संवाददाता२ असोज, २०८२
    २३४ पटक
    २ असोज, २०८२

    काठमाडौं। नेपाल निर्जीवन बीमा व्यवसायी संघले देशभर जारी आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी प्रक्रिया छिटो निष्कर्षमा पुर्याउने प्रतिबद्धता जनाएको छ ।

    संघले बीमा गरिएका सवारीसाधन र भौतिक संरचनामा परेको वास्तविक क्षतिको विवरणसहित सम्बन्धित निकायमा प्रक्रिया अघि बढाउन आग्रह पनि गरेको छ ।

    संघले जारी गरेको विज्ञप्तिमा बीमा कम्पनीहरूले सामाजिक उत्तरदायित्वको पालना गर्दै बीमितको क्षतिपूर्ति सुनिश्चित गर्न आवश्यक प्रक्रिया तीव्र रूपमा अघि बढाइरहेको उल्लेख छ।

    बीमित सम्पत्तिमा भएको क्षतिको यथाशीघ्र मूल्यांकन गरी दावी भुक्तानी प्रक्रियालाई शीघ्र पूरा गर्ने योजना संघले स्पष्ट पारेको छ ।

    विज्ञप्तिमा बीमितहरूले आफ्नो क्षतिको विवरणसहित आवश्यक कागजातहरू छिटो बुझाएर प्रक्रिया सहज बनाउन सहयोग गर्न अपिल गरिएको छ ।

    संघले बीमा कम्पनीहरूलाई दावी भुक्तानी प्राथमिकतामा राखेर काम गर्न मातहतका निकायमा आह्वान गरेको छ।

    त्यसैगरी, संघले आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्