आर्थीकसंसार संवाददाता१ असोज, २०८२

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सात प्रदेशमा फोकल पर्सन (सम्पर्क व्यक्ति) तोकेको छ ।
जेनजी आन्दालेनबाट भएको आगजनी र तोडफोडबाट भएको क्षतिको छिटो र सहज तरिकाले दाबी गर्न सहज होस् भनी फोकल पर्सन तोकेको हो ।
कम्पनीले एक सूचना जारी देशको विषम परिस्थितिमा ग्राहकको सहजीकरण एव आवश्यक सेवाको लागि प्रधान कार्यालय र क्षतिसम्बन्धी विवरण प्रदान गर्न सम्पर्क व्यक्ति तोकेको हो ।
कम्पनीका अनुसार बागमती प्रदेश/केन्दीय कार्यालयका लागि दयानीधिप्रसाद ओझैया, विष्णुप्रसाद ढुंगाना, सुरेश दाहाललाई तोकेको छ ।
कोशी प्रदेशका लागि द्रोणराज भट्टराई, मधेश प्रदेशका लागि द्रवेश कार्की, गण्डकी प्रदेशका लागि राजेश श्रेष्ठ, लुम्बिनी प्रदेशका लागि भुपेन्द्र उप्रेती, सुदूरपश्चिम प्रदेशका लागि खेमराज अवस्थी र कर्णाली प्रदेशका लागि प्रकाशबहादुर शाहीलाई नियुक्त गरिएको छ ।