आर्थीकसंसार संवाददाता१ असोज, २०८२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले ग्राहकका लागि बीमाशुल्क भुक्तानीमा आकर्षक क्यासब्याक अफर ल्याएको छ । यो सुविधा ई–सेवा र खल्ती मार्फत बीमाशुल्क तिर्ने ग्राहकहरूलाई उपलब्ध हुनेछ ।
कम्पनीका अनुसार बीमालेख नवीकरण मिति अगावै वा नवीकरण मिति पछि सात दिनभित्र प्रिमियम भुक्तानी गर्ने ग्राहकले बीमाशुल्कको ०.५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन् ।
यो अफर असोज १ गतेदेखि मंसिर २९ गतेसम्म लागू हुने छ । कम्पनीले यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै बीमा सेवा अझ सहज, सुरक्षित र ग्राहकमैत्री हुने विश्वास व्यक्त गरेको छ ।