News Portal

  • भोलि शोक दिवस मनाइँदै राष्ट्रिय झण्डा आधा झुकाइने

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०८२
    ६ पटक
    ३१ भदौ, २०८२

    काठमाडौं । सरकारले भोलि (बुधबार) सार्वजनिक बिदा दिने भएको छ । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा सरकारले भोलि राष्ट्रिय शोक मनाउँदै सार्वजनिक बिदा दिने भएको हो ।

    आज गृह मन्त्रालयले सूचना निकाल्दै भोलि सार्वजनिक बिदा दिएको जनाएको छ। सार्वजनिक बिदाको दिन राष्ट्रिय झण्डा आधा झुकाउने पनि निर्णय भएको छ ।

    गत सोमबार बसेको अन्तरिम सरकारको मन्त्रिपरिषद्‌को पहिलो बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।

    प्रतिकृया दिनुहोस्