News Portal

  • आन्दोलनमा लुटिएका कार्यालय सामग्री बुझाउन प्राधिकरणको आग्रह

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०८२
    १० पटक
    ३१ भदौ, २०८२

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्दोलनका क्रममा तोडफोड, आगजनी र चोरी भएका जिन्सी सामान फिर्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

    प्राधिकरणका अनुसार भदौ २४ गते भएको आन्दोलनका क्रममा बबरमहलस्थित प्रधान कार्यालयसहित देशभरका नागरिक उड्डयन कार्यालयहरूमा तोडफोड र लुटपाटका घटना भएका थिए । उक्त क्रममा टेलिभिजन, कम्प्युटर सेट, माइक्रोओभन, विभिन्न साइजका हार्ड डिस्क, स्क्यानर, प्रिन्टर, मोनिटर, ल्यापटप, हेडसेट र फर्निचरजस्ता कार्यालयका सामग्री चोरी भएका छन् ।

    प्राधिकरणले तोकिएको समयमा सामान फिर्ता नभए कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ ।

    प्रतिकृया दिनुहोस्