News Portal

  • जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गर्ने निर्णय, परिवारलाई १० लाख सहयोग

    आर्थीकसंसार संवाददाता२९ भदौ, २०८२
    ७ पटक
    २९ भदौ, २०८२

    काठमाडौं । जेनजीको आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई सरकारले शहीद घोषणा गर्ने भएको छ ।

    आइतबार पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी हुन् ।

    सरकारले  प्रत्येक शहीदका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ ।

    मुख्यसचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ ।

    १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।

    प्रतिकृया दिनुहोस्