News Portal

  • डिशहोम र सिद्धार्थ हस्पिटालिटीबीच साझेदारी, भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा

    आर्थीकसंसार संवाददाता२३ भदौ, २०८२
    १८ पटक
    २३ भदौ, २०८२

    काठमाडौं । डिशहोमले नेपालको अग्रणी हस्पिटालिटी समूहमध्ये एक सिद्धार्थ हस्पिटालिटीसँग आधिकारिक सम्झौता गरेको छ ।

    यस साझेदारीअन्तर्गत डिशहोमका ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटीका होटल, रिसोर्ट, कटेज, रेस्टुरेन्ट तथा क्याफे आवासमा २० प्रतिशत छुट तथा फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट पाउनेछन् ।

    डिशहोम भर्चुअल प्रिभिलेज कार्डमार्फत आवासमा २० प्रतिशत छुट र  फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट रहेको छ ।

    ‘सिद्धार्थ हस्पिटालिटी नेपालको प्रतिष्ठित हस्पिटालिटी ब्रान्ड हो र यस साझेदारीमार्फत हामीले हाम्रो ग्राहकलाई उत्कृष्ट आतिथ्य अनुभवसँगै विशेष सुविधा प्रदान गर्न पाउनेछौं,’ डिशहोमका सीईओ तारा मानन्धरले बताए ।

    डिशहोम भर्चुअल प्रिभिलेज कार्ड केवल सक्रिय डिशहोम ग्राहकहरूका लागि माइ डिशहोम एपमा उपलब्ध छ।

    ग्राहकहरूले एपमार्फत कार्ड हेरी सबै सहभागी आउटलेटहरूको सूची हेर्न सक्ने र सिद्धार्थ हस्पिटालिटीका आउटलेटहरूमा कार्ड देखाएर छुट लिन सक्ने जनाइएको छ।

    प्रतिकृया दिनुहोस्