आर्थीकसंसार संवाददाता२२ भदौ, २०८२

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ६३औं वार्षिकोत्सवको अवसरमा आइतबार रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
मिर्गौला रोग समाजको सहयोगका लागि कम्पनीले विगतका वर्ष झैं यस वर्ष पनि रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
आज कम्पनीको केन्द्रीय कार्यालय, काठमाडौंको कालीमाटीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको विभागीय प्रबन्धक ब्रजेशकुमार झाले जानकारी दिए ।
उनका अनुसार आज ७३ जनाले रक्तदान गरेका थिए ।
उनका अनुसार नेपालको रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा मृगौला रोग समाजको सहयोगार्थ रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
कम्पनीले वार्षिकोत्सव तथा विभिन्न अवसरमा सामाजिक कार्य गर्दै आइरहेको छ ।