News Portal

  • लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले १ अर्ब रकम संकलन गर्न सफल

    आर्थीकसंसार संवाददाता१५ भदौ, २०८२
    २२ पटक
    १५ भदौ, २०८२

    काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रवर्द्धन र लक्ष्मी सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालित लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले निर्धारित १ अर्ब रुपैयाँ संकलन गर्न सफल भएको छ ।

    यो फण्ड, लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थापित पहिलो प्राइभेट इक्विटी फण्ड हो । जलविद्युत, सौर्य, वायु उर्जा तथा अन्य नवीकरणीय स्रोतमा लगानी गरी नेपालको दिगो उर्जा क्षेत्रको विकासमा योगदान पुर्याउने उद्देश्य यस फण्डले लिएको छ ।

    लक्ष्मी सनराइज क्यापिटलले फण्डप्रति देखाइएको विश्वास र निरन्तर समर्थनका लागि सम्पूर्ण लगानीकर्ताप्रति आभार व्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्