News Portal

  • माछापुच्छ्र्रे बैंक र गोकर्ण फरेस्ट तथा पार्क भिलेज रिसोर्टबीच व्यवसायिक सम्झौता

    आर्थीकसंसार संवाददाता२३ पौष, २०७७
    ११२४ पटक
    २३ पौष, २०७७

    काठमाडौं । माछापुच्छ्र्रे बैंक र गोकर्ण फरेस्ट र पार्क भिलेज रिसोर्ट (गोकर्णेश्वर, बुढानिलकण्ठ)बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
    सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले गोकर्ण फरेस्ट रिसोर्टको खाना, स्पा र पेय पदार्थमा १० प्रतिशतसम्म छुट पाउनेछन् । त्यसैगरी पार्क भिलेज रिसोर्टको सम्पूर्ण सुविधाहरुमा १० प्रतिशतसम्म छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट\क्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।
    बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।
    बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु १४८ शाखारहित बैकिङ्ग सेवा तथा ५ शाखारहित बैंकिङ्गसमेत गरी जम्मा ३१३ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ । साथै,  बैंकको देशभर १९८ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

    प्रतिकृया दिनुहोस्