News Portal

  • ग्लोबल आइएमई बैंकको स्मार्टमा क्यास ब्याक योजना

    आर्थीकसंसार संवाददाता२२ पौष, २०७७
    ६३२ पटक
    २२ पौष, २०७७

    काठमाडौं । ग्लोबल आइएमई बैंकले स्मार्टमा क्यासब्याक योजना ल्याएको छ । बैंकले आफ्नो स्थापनाको चौधौं वार्षिकोत्सवको अवसरमा मोबाइल बैकिङ तथा ग्लोबल स्मार्ट प्रयोगकर्ताहरु लक्षित गरी सो योजना ल्याएको हो ।
    बैंकको मोबाइल बैकिङ र ग्लोबल स्मार्ट सेवा लिई हालसम्म कुनै प्रकारको कारोबार गरेका ग्राहकले ग्लोबल स्मार्ट प्रयोग गरी प्रथम पटकको कुनै पनि कारोबारमा (वालेट लोड तथा मोबाइल टपअप बाहेक) ५० रुपैयाँ पाउने छन् । र, क्यू आरमार्फतको पहिलो भुक्तानीमा १०० रुपैयाँ नगद प्राप्त (क्यासब्याक) गर्ने छन् ।
    हाल बैंकले ७ वटै प्रदेश तथा ७३ जिल्लामा २६४ शाखा, २४० एटीएम, २४३ शाखारहित बैंकिङ्ग सेवा, २४ एक्सटेन्सन काउण्टर, १ सीडीएस क्लियरिङ्ग काउण्टर सहित, २३ राजश्व कलेक्सन काउण्टर तथा ३ वैदेशिक प्रतिनिधि तथा सम्पर्क कार्यालयसमेत गरी करिब ७९७ सेवा केन्द्रबाट आफ्ना ग्राहक तथा सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्