News Portal

  • सनराइज बैंक र भिभान्ता होटल काठमाडौंबीच छुटसम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता२२ पौष, २०७७
    ९९६ पटक
    २२ पौष, २०७७

    काठमाडौं । सनराइज बैंकका ग्राहकले होटल भिभान्ता काठमाडौंमा विशेष छुट पाउने भएका छन् । बैंकले होटल क्षेत्रमा विभिन्न छुट दिने उद्देश्यका साथ होटल भिभान्ता काठमाडौंसँग सम्झौता गरेको हो ।
    सम्झौताअनुसार बैंकका ग्राहकहरुले भिभान्ता काठमाडौंको म्यान्ट र अकारी रेष्टुरेन्टमा खाना र बेबरेजको सनराइज बैंकको क्रेडिट तथा डेबिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन् ।
    बैंकले ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानअनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षाअनुरुप नबिनतम सेवा सुविधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्