News Portal

  • सिनर्जी पावरको संयुक्त साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२२ पौष, २०७७
    ९९३ पटक
    २२ पौष, २०७७

    काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १२औँ, १३औँ र १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल, काठमाडौंमा सम्पन्न भएको हो ।
    विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्यसम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै वार्षिक साधारणसभा अनलाइन प्रविधिमार्फत सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।
    सभाले कम्पनीको मंसिर ३० गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेबमोजिम शेयरधनीहरूलाई ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र ० दशमलव २५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
    सभामा सञ्चालक समितिको तर्फबाट कम्पनीको अध्यक्षद्वारा वार्षिक प्रतिवेदन पारित गरिएको छ । त्यस्तै, सभामा कम्पनीको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायतका एजेण्डाहरु पारित भएको समेत कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्