News Portal

  • प्रभु क्यापिटल र पोखरा फाइनान्सबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२१ पौष, २०७७
    ६३० पटक
    २१ पौष, २०७७

    काठमाडौं । प्रभु क्यापिटल र पोखरा फाइनान्सबीच लगानी व्यवस्थापन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकाली र फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रबिचन्द्र गुरुङ्गले हस्ताक्षर गरे ।
    सम्झौतापछि पोखरा फाइनान्सको लगानी प्रभु क्यापिटलका विशेषज्ञ लगानी व्यवस्थापकहरुद्वारा व्यवस्थापन गरिने जनाएको छ । दुवै पक्षलाई उच्च प्रतिफल सुनिश्चित गर्ने लक्ष्यका साथ यो लगानी व्यवस्थापन संम्झौता गरिएको प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले बताए ।

    प्रतिकृया दिनुहोस्