News Portal

  • मेगा क्यापिटलले धादिङका उद्यमीहरुलाई कर्जा परामर्श दिने

    आर्थीकसंसार संवाददाता२१ पौष, २०७७
    ५१८ पटक
    २१ पौष, २०७७

    काठमाडौं । मेगा क्यापिटलले धादिङका उद्यमीहरुलाई कर्जा परामर्श दिने भएको छ । मेगा बैंक नेपाल, मेगा क्यापिटल मार्केटस, ज्वालामुखी गाउँपालिका र धादिङ उद्योग वाणिज्यबीच सोमबार साना तथा मझौला उद्योगीहरुलाई सहुलियतपूर्ण कर्जा तथा परामर्श सेवा उपलब्ध गराउने चौपक्षीय सम्झौता भएको हो । यसमा नेपाल क्यापिटल मार्केटसले धादिङ उद्योग वाणिज्यसँगको सहकार्य तथा सिफारिसमा उद्यमी तथा व्यवसायीहरुको व्यवसाय तथा कम्पनी दर्ताको निमित्त आवश्यक कागज तयार गरिदिने र दर्ताको लागि गर्नुपर्ने सम्पूर्ण कार्य, वित्तीय सल्लाह, वित्तीय प्रक्षेपणलगायत बैंकमा आवश्यक कागजातहरु तयार गरिदिने तथा सम्बन्धित उद्यमीको प्रतिनिधित्व गरी कर्जा स्वीकृति प्रक्रियामा सहयोग गर्नेछ ।
    सो सम्झौताले स्थानीय स्तरमा साना तथा मझौला उद्यमीहरुलाई वित्तीय पहुँच बढाई व्यापार बृद्धि गर्न सहयोग पुर्याउने बैकको विश्वास रहेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्