News Portal

  • नारायणी डेभलपमेन्ट बैंकले पायो सतप्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति

    आर्थीकसंसार संवाददाता१६ साउन, २०८२
    ५३८ पटक
    १६ साउन, २०८२

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर जारी गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले बैंकलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो।

    धितोपत्र बोर्डबाट बैंकले १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको छ। अब बैंकले आफ्ना शेयरधनीहरुलाई २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद शेयर बिक्री खुला गर्नेछ।

    हकप्रद शेयर बिक्रीपछि बैंकको चुक्तापुँजी ५२ करोड ४९ लाख ३५ हजार ४०० रुपैयाँ पुग्नेछ। बैंकको हकप्रद शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

    प्रतिकृया दिनुहोस्