News Portal

  • डिशहोमले सर्वसाधारणका लागि आइपियो निष्काशन गर्ने

    आर्थीकसंसार संवाददाता३० साउन, २०७७
    ७९१ पटक
    ३० साउन, २०७७

    काठमाडौं । डिशहोम मिडिया नेवटर्कले सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) जारी गर्ने तयारी गरेको छ । आइपिओ निश्कासनको लागि नेपाल धितोपत्र बोर्डमा डिशहोमले आवेदन दिइसकेको छ । अहिले धितोपत्र बोर्डको आइपिओ निश्कासनको लागि अनुमति दिने प्रक्रियामा छ ।
    ‘१० वर्षको दुःखपछिको सफल कथा हो डिशहोम, यो सफलता हामीमात्र किन सिमति बनाउने ? डिशहोम जोड्ने प्रत्येक ग्राहकलाई पार्टनर हुनको लागि हामी आइिपिओ निश्कासन गर्ने पक्रियामा बढेका छौं ।’ डिशहोम मिडिया नेवटकका प्रबन्ध निर्देशक सुदीप आचार्यले बताए ।
    ५० करोडमाथिको कम्पनीलाई आइपिओ निष्काशनको लागि सरकारले प्रोत्साहन गर्नुको साथै हाम्रो काम पारदर्शीता भएका कारण सर्वसाधरणका लागि आइपिओ निष्कासन गर्ने निर्णय भएको प्रबन्ध निर्देशक आचार्यले बताए । बीचमा कुनै बाधा अड्चन नआए असोजको अन्तिततिर आइपिओ निष्काशन गर्ने डिशहोमको तयारी रहेको छ । कम्पनीको चुक्ता पुँजीको १० प्रतिशत मात्रे आइपिओ जारी गर्नेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा २३ करोड ८५ लाख रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्ने लगेको छ ।

    प्रतिकृया दिनुहोस्