News Portal

  • नेशनल माइक्रो फाइनान्स लघुवित्तद्वारा लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता२० पौष, २०७७
    ६५६ पटक
    २० पौष, २०७७

    काठमाडौं । नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट सेयरधनीलाई २७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
    पुस १९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको २१ प्रतिशत बोनस र ६ प्रतिशत नगद (कर समेत) गरी २७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी २६ करोड ४० लाख रुपयाँ रहेको छ । २१ प्रतिशत बोनसपछि संस्थाको चुक्ता पुँजी ३१ करोड ९४ लाख रुपैयाँ पुग्ने छ ।

    प्रतिकृया दिनुहोस्