News Portal

  • हिमालयन एभरेष्टको रू. ४ अर्ब हुँदा सलिकोको रू ५ अर्ब बीमाशुल्क आम्दानी

    आर्थीकसंसार संवाददाता१ साउन, २०८२
    १८५ पटक
    १ साउन, २०८२

    काठमाडौं । निर्जीवन बीमा कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स(सलिको) ले चालू आर्थिक वर्ष २०८१।८२ मा ५ अर्ब रूपैयाँ कुल बीमाशुल्क अाम्दानी गर्न सफल भएको छ।

    इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ मा ३ अर्ब ७६ करोड रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। यो कम्पनीले गत आर्थिक वर्षको तुलनामा कुल बीमाशुल्क आम्दानी झण्डै ४.५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।

    आर्थिक वर्ष २०७७।७८ देखि कुल बीमाशुल्क संकलनमा ४ अर्ब रूपैयाँको अंकमा उक्लिएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स पाँचाैं वर्षमा आइपुग्दा ५ अर्ब रूपैयाँको अंक पार गर्न सफल भएको छ।

    यसैगरी अर्को निर्जीवन बीमक हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले ४ अर्ब रूपैयाँ कुल बीमाशुल्क आम्दानी गरेको छ। इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ मा ३ अर्ब ७६ करोड रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

    हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको तुलनामा कुल बीमाशुल्क आम्दानी झण्डै ६ प्रतिशतले वृद्धि गर्न सफल भएको छ। आर्थिक वर्ष २०७८।७९ देखि ३ अर्बको अंक पार गरेको हिमालयन एभरेष्टले लगातार तीन वर्षको प्रयास पछि चाैथाे वर्षमा कुल बीमाशुल्क संकलन ४ अर्ब रूपैयाँको अंक पार गर्न सफलता मिलेको हो।

    प्रतिकृया दिनुहोस्