News Portal

  • नेपाल लाइफका राजुले वर्षदिनमै संकलन गरे १.२८ करोड प्रिमियम, डबल समृद्धि पदक पाउने

    आर्थीकसंसार संवाददाता१ साउन, २०८२
    १५ पटक
    १ साउन, २०८२

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका राजु भण्डारीले ताप्लेजुङ शाखाबाट ऐतिहासिक सफलता हासिल गरेका छन् । उनी नेपाल लाइफको ताप्लेजुङ शाखाबाट बीमा व्यवसाय गर्दै आइरहेका छन् । मेहनत र संघर्षलार्य आत्मासाथ गर्दै उनले एक वर्षको अन्तरालमा यो उपलब्धि हासिल गर्न सफल भएका हुन् ।

    कम्पनीको ताप्लेजुङ शाखा कार्यालयमा उत्कृष्ट व्यवसाय गर्दै आएका भण्डारीले आर्थिक वर्ष २०८१।८२ मा कुल १ करोड २८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरी रेकर्ड तोड्न सफल भएका हुन्।

    भण्डारी आफ्नो शाखमा आएका बीमितहरुलाई सहज र सरल ढंगबाट बीमा सेवा प्रदान गर्न सधैँ तल्लीन रहन्छन् । ताप्लेजुङजस्तो भौगोलिक रुपमा विकट मानिएको ठाउँबाट पनि नेपाल लाइफमा बीमा गराउन ताप्लेजुङका बासिन्दा उत्साहित हुने गरेको भण्डारीले बताए ।

    कम्पनीले यसअघि भण्डारीलाई सिंगल समृद्धि पदकले सम्मान गरिसकेको छ भने यो पटक डबल समृद्धि पदकले सम्मान गर्ने भएको छ । कम्पनीले उक्त सम्मान काठमाडौंको सोल्टी होटलमा भव्य कार्यक्रम आयोजना गरी गर्ने समेत उनले बताए ।

    ताप्लेजुङ शाखा कार्यालयको वार्षिक लक्ष्यको १८ प्रतिशत व्यवसाय उनै भण्डारीले गरेको बताएका छन् । उनले असार महिनामा मात्रै ५२ लाख बढी रुपैयाँको प्रिमियम संकलन गर्न सफल भएका छन् ।

    भण्डारीलाई कम्पनीका सञ्चालकदेखि व्यवस्थापनका उच्च पदाधिकारीले समेत बधाइ, हौसला र सहयोग गर्ने गरेका छन् । कम्पनीका अन्य अभिकर्ताले पनि भण्डारीबाट काम गर्नका लागि उत्प्रेरणा पाउने गरेका छन् ।

    प्रतिकृया दिनुहोस्