News Portal

  • प्रभु लाइफको शेयर कारोबार सुरु

    आर्थीकसंसार संवाददाता१९ पौष, २०७७
    ६२८ पटक
    १९ पौष, २०७७

    काठमाडौं । दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको पहिलो कारोबार भएको छ । प्रि म्याचिङ हुँदा कम्पनीको कारोबार प्रति कित्ता १ सय ३७ रूपैयाँमा भएको छ । कम्पनीको १० कित्ता शेयर प्रति कित्ता १३७ रूपैयाँमा भएको हो । शुक्रबार कम्पनीको २ करोड कित्ता साधारण शेयर (आइपिओ) धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो ।
    नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि कम्पनीको शेयर न्यूनतम १०९.५६ रुपैयाँ देखि अधिकतम ३२८.६८ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको थियो । कम्पनीको आइपिओलाई शेयर कारोबार गर्न पिएलआई संकेत प्रदान गरिएको छ ।
    बीमा कम्पनीहरुको पहिलो शेयर कारोबार अधिकतम मूल्यमा हुने गरेकोमा आज प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भने न्यूनतम मूल्यमा भएको छ । यसबाट कम्पनीको शेयर कारोबारमा सेटिङ भएको अनुमान गरिएको छ । अधिकतम मूल्यमा कारोबार हुनुपर्नेमा न्यूनतम मूल्यमा कारोबार हुनुले शेयर बजारमा आशंका जन्माएको छ ।

    प्रतिकृया दिनुहोस्