News Portal

  • हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो दुई अन्तर्राष्ट्रिय अवार्ड

    आर्थीकसंसार संवाददाता२६ असार, २०८२
    १४ पटक
    २६ असार, २०८२

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचइआई) ले दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड जित्दै अन्तर्राष्ट्रिय मञ्चमा पुनः सफलता हासिल गरेको छ।

    बुधबार सिंगापुरमा आयोजित विशेष समारोहमा कम्पनीलाई ‘डोमेस्टिक जनरल इन्स्योरर अफ दि एअर २०२५’ र ‘इन्स्योरेन्स प्रडक्ट इनोभेशन अफ दि एअर २०२५’ अवार्डबाट सम्मानित गरिएको हो ।

    समारोहमा कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ र निर्देशक विजय कुमार पन्त सहभागी भई अवार्ड ग्रहण गरे । एसिया प्यासिफिक क्षेत्रकै प्रतिष्ठित मानिने यी अवार्डहरूले नेपाली बीमा उद्योगको अन्तर्राष्ट्रिय छवि थप उजागर गरेको छ ।

    यसअघि पनि एचइआईले २०२३ मा इन्स्योरेन्स एशिया अवार्ड तथा २०२४ मा डोमेस्टिक जनरल इन्स्योरर अफ दि एअर र स्ट्राटेजिक पार्टनरसिप अफ दि एअर अवार्ड प्राप्त गरिसकेको छ ।

    उत्कृष्ट सेवा, नवीन रणनीति र ग्राहकमुखी दृष्टिकोणका कारण एचइआई निरन्तर प्रशंसा बटुल्दै आएको छ ।

    अध्यक्ष श्रेष्ठले अवार्ड ग्रहण गर्दै भने, ‘यो अवार्ड सम्पूर्ण टिमको कठिन परिश्रम र प्रतिबद्धताको नतिजा हो ।’
    निर्देशक पन्तले पनि अन्तर्राष्ट्रिय सम्मानले भविष्यमा अझ जिम्मेवार र सशक्त रूपमा अघि बढ्ने प्रेरणा दिएको बताए ।

    प्रतिकृया दिनुहोस्