News Portal

  • प्रभु लाईफको आईपिओ नेप्सेमा सूचिकृत

    आर्थीकसंसार संवाददाता१७ पौष, २०७७
    ६२७ पटक
    १७ पौष, २०७७

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कमपनीको दुई करोड कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । यसै महिना जारी गरिएको आईपिओ वितरण गरिएको ६० लाख कित्ता शेयर समेत नेप्सेमा सूचिकृत भएको हो ।
    कूल दुई करोड कित्तामध्ये सर्वसाधारण समूहको ६० लाख कित्ता र संस्थापक शेयरधनीहरुको एक करोड ४० लाख कित्ता शेयर धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकरण गरिएको नेप्सेद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।
    यसैबीच, आइतबारदेखि कारोबार हुने प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको ओपनिङ रेन्ज तोकिएको छ । सो कम्पनीको शेयर न्यूनतम १०९.५६ रुपैयाँदेखि अधिकतम ३२८.६८ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको छ । उल्लेखित शेयरहरु सोही रकमभित्र म्याचिङ भएमा आइतबारदेखि कारोबार हुनेछ ।

    प्रतिकृया दिनुहोस्