News Portal

  • सन नेपाल लाइफद्वारा ह्वील चियर र मेट्रिस वितरण

    आर्थीकसंसार संवाददाता१० असार, २०८२
    ९ पटक
    १० असार, २०८२

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धनगढी शाखाले धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेली स्थित सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र बर्थिङ सेन्टरमा सुत्केरी हुन आएका महिलाहरूको लागि आवश्यक पर्ने ह्वील चियर र मेट्रिस वितरण गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो ।

    उक्त सामग्री वितरण कार्यक्रम धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मोतिराम राना र सहरी स्वास्थ्य केन्द्र प्रमुख जयकला रावललाई सो सामग्री कम्पनीका प्रदेश प्रमुख लक्ष्मीकान्त जैसी र शाखा प्रमुख योगेन्द्रविक्रम अधिकारीले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्