News Portal

  • राष्ट्रिय जीवन बीमाले १० वर्षसम्म व्यतीत बीमालेखमा ५० प्रतिशत विलम्ब शुल्क छुट दिने

    आर्थीकसंसार संवाददाता१० असार, २०८२
    ५ पटक
    १० असार, २०८२

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले विलम्ब शुल्क छुट दिने भएको छ । कम्पनी (साविक राष्ट्रिय बीमा संस्थान)का बीमितहरुको एक वर्ष वा सो भन्दा बढी अवधि व्यतीत भएका बीमा शुल्कमा लागेको विलम्ब शुल्कमा छुट दिने भएको हो ।

    विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकहरूलाई मध्यनजर गर्दै कम्पनीले १५ दिन अर्थात् असार २५ गतेसम्मका बीमालेख नवीकरण गरेमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको हो ।

    कम्पनीका अनुसार १० वर्षभन्दा बढी व्यतीत भएका बीमालेख यस विलम्ब शुल्क योजनामा समावेश गरिने छैन । यस्तै, विलम्ब शुल्कमा छुटको सुविधा बीमा लेख अवधिमा एक पटक प्रदान गरिनेछ । एक वर्षदेखि १० वर्षसम्मका व्यतीत बीमालेखहरु यस योजनामा समावेश गरिने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्