
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको करिब १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीका एक जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ९ लाख ९९४ हजार ६२२ कित्ता सेयर बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ । यदि उक्त अवधिभित्र खरिद नगरेमा सर्वसाधारण सेयरधनीहरुका लागि बिक्रीमा राखिने कम्पनीले जनाएको छ ।
यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकका चार जना संस्थापक सेयरधनीले सेयर बिक्रीमा राखेका छन् । बैंकका संस्थापक सेयरधनी ओसिन बतासले २५ हजार ७५९ कित्ता, विश्व प्रकाश गुरुङले २५ हजार ७५९ कित्ता, बलराम श्रेष्ठले ६४ हजार कित्ता र प्रभा बुढाले १४ हजार ३१२ कित्तासेयर बिक्रीमा राखेका हुन् ।
बैंकको सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ । यदि उक्त अवधिभित्र खरिद नगरेमा सर्वसाधारण सेयरधनीहरूका लागि बिक्रीमा राखिने बैंकले जनाएको छ । तर, प्रभा बुढाको स्वामित्वमा रहेको सेयर खरिदका लागि १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।