News Portal

  • डिप्रोक्सले नाडेप लघुवित्तलाई प्राप्तीसम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता१६ पौष, २०७७
    ५६८ पटक
    १६ पौष, २०७७

    काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले नाडेप लघुवित्त वित्तीय संस्थालाई प्राप्ती –एक्विजिशन) गर्ने भएको छ । उक्त प्रक्रियाको लागि दुई संस्थाबीच पुस १५ गते नै प्रारम्भिक समझदारी (एमओयू) पत्रमा हस्ताक्षर भएको हो ।
    सो समझदारीपत्रमा डिप्रोक्स लघुवित्तका अध्यक्ष दीपक खनाल र नाडेपका अध्यक्ष पिताम्बरप्रसाद आचार्यले हस्ताक्षर गरेका हुन् । यससँगै नाडेप लघुवित्तको आज (पुस १६ गते) देखि नै दोसो बजारमा सेयर कारोबार रोक्का भएको छ ।
    चितवन जिल्लाको भरतपूरमा केन्द्रीय कार्यालय रहेको डिप्रोक्स लघुवित्तले देशका ७१ जिल्लामा १२३ शाखा कार्यालयहरुमार्फत करिब २ लाख २२ हजारभन्दा बढी विपन्न सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । संस्थाको चुक्ता पुँजी १ अर्ब ५४ लाख रुपैयाँ रहेको छ । त्यस्तै, धादिङ्ग जिल्लाको गजुरीमा केन्द्रीय कार्यालय रहेको नाडेप लघुवित्तले देशका ४६ जिल्लामा ७८ शाखा कार्यालयहरुमार्फत ८० हजार भन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । संस्थाको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ रहेको छ ।
    प्राप्तिपश्चात लघुवित्त वित्तीय संस्थाको क्षेत्रमा एउटा सवल, सक्षम र नेतृत्वदायी लघुवित्त वित्तीय संथाको रुपमा स्थापित भई अग्रणी लघुवित्त वित्तीय संस्था बन्ने छ । र, ग्राहक सदस्यहरुले पनि स्तरीय सेवा पाउने तथा सेयरधनीलाई समेत राम्रो प्रतिफल दिन सक्षम हुने संस्थाको विश्वास रहेको कुरा विज्ञप्तिमा जनाएको छ ।

    प्रतिकृया दिनुहोस्