News Portal

  • आइएमई लाइफले जेठ महिनामा भुक्तानी गर्‍यो २ करोड १२ लाख रुपैयाँ दाबी

    आर्थीकसंसार संवाददाता१ असार, २०८२
    १८ पटक
    १ असार, २०८२

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले जेठ महिनामा २ करोड १२ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ। कम्पनीले ८७ वटा बीमालेख वापत उक्त दाबी भुक्तानी गरेको हो ।

    कम्पनीले २१ वटा कन्भेस्नल पोलिसीको दावी भुक्तानी वापत ६२ लाख ६४ हजार ०९४ रुपैयाँ प्रदान गरेको छ । ९ फरेन इम्पोइमेन्ट पोलिसीको दाबी भुक्तानी वापत १ करोड ५० हजाुर रुपैयाँ प्रदान गरेको छ भने ५७ वटा टर्म पोलिसीको दाबी भुक्तानी वापत ४९ लाख ८५ हजार ४६२ रुपैयाँ प्रदान गरेको जनाइएको छ ।

    दाबी परेको छोटो समयमा ग्राहकहरुलाई झन्झटरहित सेवा प्रदान गर्ने कम्पनीको मुख्य उद्देश्य हो ।

    प्रतिकृया दिनुहोस्