News Portal

  • सिवाईसी नेपाल लघुवित्तको प्रवन्ध सञ्चालकमा शर्मा नियुक्त

    आर्थीकसंसार संवाददाता१५ पौष, २०७७
    ६७८ पटक
    १५ पौष, २०७७

    काठमाडौं । सिवाईसी नेपाल लघुवित्तको प्रबन्ध सञ्चालकमा डोलिन्द्रप्रसाद शर्मा नियुक्त भएका छन् । लघुवित्तको सञ्चालक समितिको मिति २०७७ पौष १३ गते बसेको बैठकले शर्मालाई प्रवन्ध सञ्चालकमा नियुक्त गरेको हो । पौष १४ गतेदेखि लागु हुने गरी नियुक्त शर्माले संस्थामा आयोजित एक कार्यक्रमबीच पदभार ग्रहण गरेका हुन् ।
    पदभार गर्नुअघि संस्थाका अध्यक्ष वरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले उहाँलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले संस्थाले एक अव्बल, केही गरेर देखाउँछु भन्ने व्यक्तिलाई प्रबन्ध सञ्चालकको रुपमा पाएको बताए । यसअघि सञ्चालक समितिमा रहेर पनि संस्थाले लिएको लक्ष्य हासिल गर्न उहाँले खेलेको भूमिका सराहनीय रहेको बताउँदै प्रबन्ध सञ्चालक शर्माले संस्थालाई देशमै उत्कृष्ट र सबल संस्था बनाउनेमा आफु विश्वस्त रहेको बताए ।
    पद तथा गोपनियताको सपथ ग्रहणपश्चात प्रबन्ध सञ्चालक शर्माले वित्तीय संस्थालाई नेपालको एक उत्कृष्ट लघुवित्त संस्था बनाउन आफ्नो ध्यान केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेकोे थियो ।
    कार्यक्रममा बागलुङ क्षेत्र नं. २ बाट निर्वाचीत प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेल, संस्थाका सञ्चालक अमृतप्रसाद उपाध्याय, ओमप्रकाश पौडेल, स्वतन्त्र सञ्चालक अनिलकुमार झालगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्