News Portal

  • हिमालयन एभरेष्ट इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता३० जेठ, २०८२
    ३८ पटक
    ३० जेठ, २०८२

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले विश्व रक्तदाता दिवसको अवसर पारेर गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

    रक्तदान कार्यक्रम हिमालयन एभरेष्ट इन्स्योरेन्सको मुख्य कार्यालय, बबरमहल, काठमाडौंमा भएको थियो ।

    उक्त कार्यक्रममा कम्पनीका कर्मचारी, बीमित वर्ग, सेवाग्राहीहरू गरेर ३३ जनाले रक्तदान गरेका थिए ।

     

    कार्यक्रममा फ्रन्टलाइन अस्पतालले क्लिनिकल तथा चिकित्सकीय सहयोग उपलब्ध गराएको थियो । यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा निरन्तर सक्रियता रहने कम्पनीले जनाएको छ ।

    उक्त अवसरमा सहभागी सबै रक्तदाताहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्