News Portal

  • नेपाल माइक्रो इन्स्योरेन्स र बालाजु अटो वर्क्सबीच बीमा सहकार्य सम्झौता

    आर्थीकसंसार संवाददाता२९ जेठ, २०८२
    २० पटक
    २९ जेठ, २०८२

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले आफ्नो बीमा व्यवसाय विस्तार गर्ने क्रममा दुवै पक्षको हित हुनेगरी अग्नि समूह अन्तर्गत बालाजु अटो वर्क्ससँग बीमा सहकार्य गर्ने भएको छ ।

    बिहीबार आयोजित एक कार्यक्रमका बीचमा द्वीपक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

    दुवै पक्षबीच महिन्द्रा ब्राण्डको सवारी साधनको बीमा तथा दाबी प्रक्रियालाई सरल र प्रभावकारी बनाउन उक्त समझदारी पत्रमा नेपाल माइक्रो इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत अनिलराज गिरी र बालाजु अटो वर्क्सको तर्फबाट नायव महाप्रबन्धक शिवसुदन श्रेष्ठले हस्ताक्षर गरे ।

    उक्त अवसरमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका प्रबन्धक सुशन थापा र नायव प्रबन्धक अमृत अधिकारी तथा बालाजु अटो वर्क्सका सहायक महाप्रबन्धक सन्तोषकुमार अधिकारी समेतको उपस्थिति रहेको थियो।

    प्रतिकृया दिनुहोस्