News Portal

  • स्वावलम्बन लघुवित्तद्वारा वित्तीय साक्षरता तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२५ जेठ, २०८२
    २६ पटक
    २५ जेठ, २०८२

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय सिन्धुलीको आयोजनामा कमलामाई स्थित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वित्तीय संस्थामा आवद्ध ग्राहक सदस्य तथा अभिभावक र अन्य सरोकारपक्षलाई बचत तथा कर्जा व्यवस्थापन सम्बन्धी जानकारी दिई कर्जाको सदुपयोग र उ्रद्यमशीलताको विकास, स्थानीय श्रोत साधनको प्रयोग गरी आय आर्जन बृद्धि गर्दै न्यून आय भएको वर्गको आर्थिक सामाजिक स्तरमा बृद्धि गर्ने उद्देश्यले कार्यक्रममा आयोजना गरिएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि कमलामाई न.पा. वडा नं.९ का अध्यक्ष विनोद प्रधानले सदस्यहरुलाई धेरै संस्थामा कारोवार नगरी कर्जाको उचित सदुपयोग गरी समृद्घ तथा उद्यमी बन्न सुझाव दिए । विशिष्ठ अतिथि ईलाका प्रहरी कार्यालय भिमानका प्रहरी नायब निरीक्षक दिपक कुमार पोखरेलले सदस्यहरुको केही गुनासो भनाई भएमा सम्बन्धित संस्थामा राखि संस्थाको नियमानुसार र राष्ट्र बैक तथा देशको कान्न बमोजिम सबैलाई उद्यम बनी आय आर्जन बृद्धि गर्न बैंक वित्तीय संस्थाले कर्जा प्रवाह गर्ने भएकोले त्यसको सदुपयोग गर्न सुझाव दिए ।

    वित्तीय संस्थामा आवद्ध ग्राहक सदस्यहरुले आफुलाई उद्यमी बन्न सिकाएकोमा स्वावलम्बनलाई धन्यवाद दिए । स्वावलम्बनलाई आफ्नो भविष्य देखाउने संस्थाको रुपमा लिएको र अझ बढी सहज रुपमा थप सेवा प्रवाह गरी सहयोग गर्ने अपेक्षा राखेको बताए ।

    शाखा प्रबन्धक जानकी कुमारी बानियाँले वित्तीय संस्थाले ग्राहक सदस्यलाई सहज र सरल तरिकाले कर्जा प्रवाह गर्न र उद्यमी बन्न इच्छुक ग्राहकलाई उद्यम गर्न आवश्यक सर सल्लाह समेत दिदै आएको र आगामी दिनमा नविनतम सेवा उपलब्ध गराउन संस्था सदैव तत्पर रहेको बताइन् ।

    कार्यक्रममा कर्जा बीमा रकम भुक्तानी तथा एस.इ.इ.मा उत्कृष्ट स्थान प्राप्त गर्ने सदस्यका छोरा÷छोरी लाई छात्रवृद्धि वापत नगद तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्