News Portal

  • पेशागत बीमा अभिकर्ता संघ बीमक समिति हिमालयन लाइफद्वारा रक्तदान तथा खाद्य सामाग्री वितरण

    आर्थीकसंसार संवाददाता२३ जेठ, २०८२
    १२१ पटक
    २३ जेठ, २०८२

    काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड लुम्बिनि प्रदेशले बृद्ध आश्रममा खाद्य सामाग्री बितरण तथा  रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । हिमालयन लाइफको १७औँ वार्षिकोत्सवको अवसरमा सो कार्यक्रम आयोजना गरिएको हो ।

    कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ नेपालका केन्द्रिय सदस्य निरज कुमार भट्ट, पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति हिमालयन लाइफका निवर्तमान अध्यक्ष बिमल ढकाल, पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति हिमालयन लाइफका केन्द्रिय समितिका लुम्बिनि प्रदेशका उपाध्यक्ष बिनोद कुमार यादव, पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति हिमालयन लाइफका कर्णालि प्रदेश उपाध्यक्ष गोबिन्द बि क, पेशागत बिमा अभिकर्ता संघ नेपाल बीमक समिति हिमालयन लाइफ लुम्बिनि प्रदेशका अध्यक्ष टिकामणि उपाध्याय लगायत सम्पुर्ण अभिकर्ता साथिहरुको उपस्थिति थियो ।

    त्यसैगरी कम्पनीका उपप्रदेश प्रमुख उमेश ठाकुर का साथै शाखा प्रमुख दिपक चालिसे लगायत कर्मचारीहरुको उपस्थितिमा सो रक्तदान कार्यक्रम सम्पन्न तथा निलसागर बृद्ध आश्रममा खाद्य सामाग्री बितरण गरिएको हो ।

    प्रतिकृया दिनुहोस्