News Portal

  • बीओकेका ग्राहकहरुले सेलपेबाट विद्युतीय कारोबार गर्न सक्ने

    आर्थीकसंसार संवाददाता१४ पौष, २०७७
    १०५१ पटक
    १४ पौष, २०७७

    काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुले डिजिटल भुक्तानी सेवा प्रदायक सेलपेबाट विभिन्न विद्युतीय भुक्तानी गर्नसक्ने भएका छन् । मंगलबार दुई कम्पनीबीच सहकार्य गर्ने सम्झौता भएको हो ।
    सहकार्य सम्झौतामा बैंकका रिसर्च, प्रोडक्ट डेभलपमेन्ट एंड मार्केटिङ्ग प्रमुख रितेश लामिछाने तथा सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन् । सेलपेले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ ।
    ग्राहकहरुले सेलपेमा आवद्ध गरी सकिएका अन्य बैंकमा वा त्यहाँबाट बैंक अफ काठमाण्डू खातामा दर्ता गरिएको मोबाइल नम्बरमार्फत रकम स्थानान्तरण गर्न सक्नेछन् । ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपेमार्फत अन्य व्यापारिक भुक्तानी पनि गर्न बैंकले जनाएको छ । यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभीहरुको बिल, स्वदेश भित्र गरिने रेमिट्यान्स पठाउन र पाउन, बिमा रकम भुक्तानी, इएमआइ भुक्तानी तथा शेयर कारोबारको भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्