News Portal

  • बैंकिङ क्षेत्रमा देखिएका विद्यमान चुनौतीको समाधान गर्न सबै सरोकारवाला एकजुट हुन आवश्यकः गभर्नर पौडेल

    आर्थीकसंसार संवाददाता८ जेठ, २०८२
    ३६७ पटक
    ८ जेठ, २०८२

    काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले बैंकिङ क्षेत्रमा देखिएका विद्यमान चुनौतीको समाधान गर्न सबै सरोकारवाला एकजुट हुन आवश्यक रहेको बताएका छन्।

    नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीसँग आजको भेटमा गभर्नर पौडेलले यस्तो धारणा राखेका हुन्। उनले बैंक तथा वित्तीय संस्थाले देशको आर्थिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा पनि गरे।

    गभर्नर पौडेलसँग शिष्टाचार भेटमा संघका पदाधिकारीले बैंकिङ क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन सदैवझैँ राष्ट्र बैंकबाट निरन्तर सहयोगको अपेक्षा रहेको पनि बताए। उनीहरुले नवनियुक्त गभर्नर पौडेललाई बधाइ तथा शुभकामना प्रदान गरे।

    प्रतिकृया दिनुहोस्