News Portal

  • बैशाखसम्ममा सूर्यज्योति लाइफले गर्यो रु. ७१.३० करोड दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२ जेठ, २०८२
    २०४ पटक
    २ जेठ, २०८२

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ७१ करोड ३० लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ। इन्स्योरेन्सले प्रकाशन गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८१।८२ को बैशाख महिनासम्ममा बीमितले कुल २ हजार ४६ वटा दाबी वापत यो रकम भुक्तानी लिएका हुन् ।

    कम्पनीका अनुसार कुल दाबी भुक्तानी वापतको रकममध्ये बैशाख महिनामा मात्र २०७ वटा दाबी वापत ९ करोड २० लाख रूपैयाँ दाबी भुक्तानी दिएको हो।

    प्रतिकृया दिनुहोस्