काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बैशाख महिनामा ३ करोड ४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ। कम्पनीले ७२ वटा बीमालेख वापत उक्त दाबी भुक्तानी गरेको हो ।
कम्पनीले १७ वटा कन्भेस्नल पोलिसीको दावी भुक्तानी वापत ९० लाख २४ हजार ५९२ रुपैयाँ प्रदान गरेको छ । १६ फरेन इम्पोइमेन्ट पोलिसीको दाबी भुक्तानी वापत १ करोड ९० लाख रुपैयाँ प्रदान गरेको छ भने ३९ वटा टर्म पोलिसीको दाबी भुक्तानी वापत २४ लाख २९ हजार २५० रुपैयाँ प्रदान गरेको जनाइएको छ ।
दाबी परेको छोटो समयमा ग्राहकहरुलाई झन्झटरहित सेवा प्रदान गर्ने कम्पनीको मुख्य उद्देश्य हो ।