News Portal

  • एसियन लाइफ इन्स्योरेन्सले पायो ४२% हकप्रद जारी गर्ने अनुमति

    आर्थीकसंसार संवाददाता२६ बैशाख, २०८२
    १९९ पटक
    २६ बैशाख, २०८२

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले एसियन लाइफ इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ।

    धितोपत्र बोर्डले आज वैशाख २६ गते एसियन लाइफलाई हाल कायम चुक्तापुँजीको १ः०.४२ अनुपातमा अर्थात ४२ प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो।

    अब एसियन लाइफले आफ्ना शेयरधनीहरुलाई १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर बिक्री गर्नेछ।

    हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ४०० रुपैयाँ रहेको छ। हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ६४८ रुपैयाँ पुग्नेछ।

    नियामक नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ निर्धारण गरेको छ। अब एसियन लाइफले न्यूनतम चुक्तापुँजी पुर्याउन बाँकी रहेको रकम बोनस शेयर वितरण गरेर कायम गर्नेछ।

    कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

    प्रतिकृया दिनुहोस्