News Portal

  • ललितपुरको मंगलबजारमा इन्भेस्टमेन्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर संचालन

    आर्थिकसंसार संवाददाता१२ पौष, २०७७
    ७०८ पटक
    १२ पौष, २०७७

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको २०औं एक्सटेन्सन काउन्टर ललितपुरको मंगलबजारमा विस्तार गरेको छ ।
    नेपालका ‘क’ वर्गका वाणिज्य बैंकहरुमध्ये अग्रणी सो बैंकले मंगलबजारमा आफ्नो २० औं एक्सटेन्सन काउन्टरमार्फत आफ्नो सेवा सञ्चालनलाई विस्तार गरेको हो । एक्सटेन्सन काउन्टरको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले उद्घाटन गरे ।
    बैंकले आफ्ना ८३ शाखाहरु, १२६ एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टरहमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक–२०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

    प्रतिकृया दिनुहोस्