News Portal

  • कामना सेवा बैंक र एनसीएचएलबीच सम्झौता

    आर्थिकसंसार संवाददाता१२ पौष, २०७७
    ७६१ पटक
    १२ पौष, २०७७

    काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच ‘कर्पोरेट पे’ सञ्चालन गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मानसिहं प्रधान र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
    ‘कर्पोरेट पे’ सेवामार्फत कर्पोरेट ग्राहकले सरल तथा सुरक्षित तवरबाट फण्ड टान्सर्फर, विभिन्न प्रकारका भुक्तानीहरु र सरकारी करलगायत अन्य धेरै डिजिटल पेमेन्टहरु घरमा नै बसी भुक्तानी गर्न सक्ने छन् । बैकले सो सम्झौतापश्चात यो सेवा कर्पोरेट ग्राहकका लागि छिट्टै नै सञ्चालनमा ल्याउने छ तथा यस सेवाले कोभिड–१९ को चुनौतिपूर्ण अवस्थामा डिजिटल कारोवार गर्न थप सहजता प्रदान गर्नेछ ।
    बैंकले देशका विभिन्न भागमा १२४ वटा शाखा, एक एक्स्टेन्सन काउन्टर, ६६ वटा एटीएम एवं सोसियल मिडिया बैंकिङ प्यालटर्फममार्फत ग्राहकहरुलाई सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्