News Portal

  • कालिका लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

    आर्थीकसंसार संवाददाता१७ बैशाख, २०८२
    ३६४ पटक
    १७ बैशाख, २०८२

    काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार ६४० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ ।

    राष्ट्र बैंकको निर्देशन अनुसार संस्थाकै संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था अनुसार ३५ दिने सूचना जारी गर्दै शेयर बिक्री खुला गरेकोमा संस्थापक शेयरधनीबाट कुनै पनि निवेदन प्राप्त नभएपछि सो शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।

    उक्त शेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजात सहित पोखरास्थित कम्पनीको केन्द्रीय कार्यालयमा लिखिन निवेदन दिनु पर्नेछ।

    प्रतिकृया दिनुहोस्