News Portal

  • भन्सार विधेयक अर्थ समितिको प्रतिवेदनसहित प्रतिनिधि सभासमक्ष पेश

    आर्थीकसंसार संवाददाता
    २१५ पटक

    काठमाडौं । ‘भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सम्बन्धि समितिको प्रतिवेदन प्रतिनिधि सभासमक्ष पेश भएको छ ।

    सभाको आइतबारको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ संसदमा पेस गरे । उक्त विधेयक अर्थ समितिबाट गत चैत ११ गते पारित भएको थियो ।

    यसैगरी, ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ सम्बन्धि कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सभासमक्ष पेश भएको छ ।

    समिति सभापति बिमला सुवेदीले उक्त प्रतिवेदन पेश गरेकी हुन् ।

    विधेयकमा राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग लगायत अन्य आयोगसम्बन्धी ऐनमा विद्यमान संविधान प्रतिकुलका प्रावधानहरु संशोधन गर्ने उल्लेख गरिएको छ ।

    शिक्षा ऐन, विदेशी विनियम ऐन, स्थानीय प्रशासन ऐन, बोनस ऐन, जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता ऐन, नेपाल विद्युत प्राधिकरण ऐनलगायतका ऐनहरूलाई संघीयता अनुकुल बनाउने प्रावधान पनि विधेयकमा समावेश गरिएका छन् ।

    प्रतिकृया दिनुहोस्