News Portal

  • एमसीसीलाई अनुमोदन गर्दै लागु गर्नुपर्छः ऊर्जामन्त्री रायमाझी

    आर्थीकसंसार संवाददाता१२ पौष, २०७७
    १४७८ पटक
    १२ पौष, २०७७

    काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू गर्नुपर्ने बताएका छन् । आइतबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नवनियुक्त ऊर्जामन्त्री रायमाझीले कुनै पनि वैदेशिक लगानीलाई अस्वीकृत गर्न नहुने भन्दै एमसीसीलाई लागू गरेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।
    नवनियुक्त ऊर्जामन्त्री रायमाझीले एमसीसी सम्झौतामा देशको स्वाभिमान कमजोर पार्ने विषय भएमा सच्याएर भए पनि कार्यान्वयनमा लैजानुपर्ने बताए । ऊर्जामन्त्रीले भने, ‘एमसीसीमा कतिपय सम्झौता गर्दाखेरी देशको स्वाभिमानलाई कमजोर पार्ने खालका बुँदाहरु छन् भने त्यसलाई सुधार गर्न सकिन्छ तर हामीले विदेशी लगानीलाई ल्याउन हुन्न भन्ने कुरा, यो अपराध नै हो, यो हाम्रो देश कोल्याप्स हुन्छ, हाम्रो देशमा आक्रमण हुन्छ भन्ने कुराहरुमा आफूलाई विश्वास नभएको समेत बताए ।’ पछिल्लो समयका हरेका सरकारले एमसीसीलाई अनुमोदन गर्दै आएकोले पनि पास गरेर अगाडि बढ्नुपर्ने बताउ । एमसीसी लागू गर्न नसक्ने हो भने भारतसँग जोडने ट्रान्समिसन लाइन निर्माण हुन नसक्ने र यसले देशको ऊर्जा उत्पादनमा ठूलो नोक्सानी पुर्याउने बताए ।

    प्रतिकृया दिनुहोस्