काठमाडौं । २०५९ सालमा स्थापित सिद्धार्थ बैंकले शुक्रबार १८ वर्ष पूरा गरेको छ । अठार वर्षको यात्रामा बैंकले वित्तीय एवं अन्य विभिन्न सूचकांकहरुमा उल्लेखनीय प्रगति हासिल गरेको छ ।
बैंकको हालको चुक्ता पुँजी ९ अर्ब ८७ करोड सहित कुल सम्पत्ति १६ अर्ब रहेको छ । यस बैंकले १५७ अर्ब निक्षेप संकलन गरी १३६ अर्ब बराबरको कर्जा प्रवाह गरेको छ भने देशभरका १८८ शाखा एवं सेवा केन्द्रमार्फत १० लाखभन्दा बढी सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिँदै सुरक्षित तवरले आधुनिक सूचना प्रविधिको माध्यमबाट विभिन्न कार्ड सेवा, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, अनलाईनबाटै खाता खोल्न सकिनेजस्ता विभिन्न बैंकिङ्ग सुविधाहरुको सरल एवं ग्राहक मैत्री सेवा प्रवाह गर्दै आएको छ ।
वित्तीय क्षेत्रको एक अग्रणी संस्थाको रुपमा स्थापित यस बैंकले झण्डै दुई हजार पाँचसय व्यक्तिलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको छ भने देशको राजश्वमा गत वर्ष मात्रै २ अर्बभन्दा बढीको योगदान पुर्याएको छ ।
जिम्मेवार एवं अग्रणी वित्तीय संस्थाको हैसियतले आफ्नो लगानीलाई उत्पादनमुलक क्षेत्रतर्फ केन्द्रित गर्दै अर्थतन्त्रकै महत्वपूर्ण आधार मानिएका कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक उत्पादनका क्षेत्रमा बैंकले उल्लेख्य कर्जा लगानी गरेको बैंकले जनाएको छ । बैंकले मुलभूतरुपमा लघु, साना तथा मझौलास्तरका उद्यम व्यवसायलाई लक्षित गरी कर्जा लगानी गर्ने नीति अवलम्बन गरी सोही अनुसार कर्जा प्रवाह गरिरहेको छ । यसै क्रममा स्थापनाको १८औं वार्षिकोत्सवको अवसरमा बैंकले देशभरका १४ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । साथै आम ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग प्रणालीतर्फ समाहित हुन अभिप्रेरित गर्ने उद्देश्यले प्रोत्साहन स्वरुप विभिन्न प्रकारका क्यासब्याक योजनाहरुसमेत सार्वजनिक गरेको छ, जसअनुसार बैंकका ग्राहकहरुले कार्डमार्फत भुक्तानी गर्दा निश्चित रकम फिर्ता प्राप्त गर्न सक्नेछन् ।
सिद्धार्थ बैंक स्थापनाको १८ वर्ष पूरा
आर्थीकसंसार संवाददाता१० पौष, २०७७
१० पौष, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान