News Portal

  • सन नेपाल लाइफको हकप्रद शेयर जारी गर्न बुक क्लोजको मिति तय

    आर्थीकसंसार संवाददाता२९ चैत्र, २०८१
    २२१ पटक
    २९ चैत्र, २०८१

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।

    कम्पनीले हकप्रद शेयर जारी गर्न आउँदो वैशाख ५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ वैशाख ४ गतेसम्म कायम शेयरधनीहरुले यो कम्पनीको हकप्रद शेयर खरिद गर्न आवेदन दिन पाउनेछन्।

    कम्पनीले हाल कायम चुक्तापुँजीको १ः०।२७ अर्थात २७ प्रतिशत हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

    अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर जारी गर्नेछ।

    हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार पुग्नेछ। जुन नियामकीय निकाय नेपाल बीमा प्राधिकरणले जीवन बीमकका लागि तोकेको न्यूनतम ५ अर्ब रुपैयाँभन्दा बढी हुनेछ।

    सन नेपाल लाइफको हकप्रद बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

    प्रतिकृया दिनुहोस्