News Portal

  • मेरो माइक्रोफाइनान्सको करिब १२ लाख संस्थापक शेयर सर्वसाधारणमा परिवर्तित

    आर्थीकसंसार संवाददाता२६ चैत्र, २०८१
    २३६ पटक
    २६ चैत्र, २०८१

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको करिब १२ लाख कित्ता संस्थापक शेयर सर्वसाधारण समूहमा परिवर्तित गरिएको छ।

    संस्थाको संस्थापक समूहको ११ लाख ९१ हजार ९६० कित्ता शेयर सर्वसाधारणमा परिणत गरिएको हो। संस्थाको संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्तित गर्न संस्थापक शेयर सर्वसाधारणमा परिणत गरिएको संस्थाले जनाएको छ।

    नेप्सेका अनुसार हाल संस्थाको कुल १ करोड ४१ लाख ९० हजार कित्ता शेयर सूचीकृत रहेको छ। शेयर संरचना परिवर्तितपछि संस्थापक समूहको ७२ लाख ३६ हजार ९०० कित्ता (५१ प्रतिशत) र सर्वसाधारणको ६९ लाख ५३ हजार १०० कित्ता (४९ प्रतिशत) कायम भएको छ।

    प्रतिकृया दिनुहोस्